DAILY HOROSCOPE

Aries

मेष

मेष: बिछोडिएका मित्रसँग भेट हुनेछ । मनमा हर्ष बढ्नेछ । दाजुभाइबीच मनमुटाव बढ्नेछ ।पढाई लेखाईमा रुची बढ्नेछ।

Taurus

वृष

वृष: धार्मिक कार्यमा मन जानेछ । व्यापार व्यवसायमा अवरोध सिर्जना हुनेछ । मनमा अशान्ति बढ्नेछ ।

Gemini

मिथुन

मिथुन: रोजगारीको नयाँ अवसर मिल्नेछ । कूटनीतिक कार्य विफल हुनेछन् । अध्ययनमा सफलता मिल्नेछ

Cancer

कर्कट

आय आर्जन सोचेअनुरूप नरहला । मुहारमा मलीनता छाउनेछ । यात्राको सम्भावना छ ।

Leo

सिंह

सिंह: ब्यापार ब्यवसाय तथा बिधार्थीको पढाईमा उन्नती हुनेछ। नयाँ योजना बन्नुको साथै नयाँ कार्यको शुरुवात हुनेछ। संगीतको क्षेत्रमा रुची बढ्नेछ। जीवनसाथी सँगको सम्बन्ध प्रगाढ हुनेछ।

Virgo

कन्या

कन्या: आज गरेको कुनै पनि कार्यमा ईच्छित सफलता मिल्नेछ। लपर्वाहीले काम नगर्नु होला हानी हुन सक्ने देखिन्छ। अरुको कार्यमा अनावश्यक हस्तक्षेप नगर्नु नौ उचित हुनेछ।

Libra

तुला

तुला: आर्थिक लाभ राम्रै हुने देखिन्छ। मानसिक शान्ती बनाई राख्न आफ्नै हितमा फाईदा हुनेछ। धनको बिषयमा पारिवारिक सदस्यबाट सोछे भन्दा धेरै सहयोग मिल्नेछ। पुराना काम पनि बन्ने देखिन्छ।

Scorpio

वृश्चिक

वृश्चिक: आर्थिक कारोवारमा अवरोध हुने आशंका देखिन्छ। साझेदारिमा गर्नु भएको कार्यमा आलोचित हुनु पर्ने देखिन्छ। आज तपाईंको कुरा काट्नेहरु प्रशस्त मात्रमा सकृया हुनेछन, साबधनी रहनु होला।

Sagittarius

धनु

धनु: प्रयास गरेअनुसार सफलता मिल्ने देखिन्छ। मांगलिक कार्यको रूपरेखा बन्नेछ। व्यबहार कुशलताली ब्यापारमा सफलता मिल्नेछ तर सन्तानको तर्फबाट केहीचिन्ता बढ्नेछ।

Capricon

मकर

मकर: तपाईंको बुद्धिमानीले गर्दा काम सफलता मिल्ने देखिन्छ। अचानक आर्थिक लाभ हुने देखिन्छ। आफ्नो धैर्यतालाई कायमै राख्नु पर्ने देखिन्छ। कृषि क्षेत्रबाट पनि प्रशस्त लाभ गर्न सकिने योग रहेकोछ।

Aquarius

कुम्भ

कुम्भ: महत्वपूर्ण लाभको अवसर प्राप्त हुनेछ। समाजमा तपाईंको कार्यको प्रशंसा हुनेछ। दाम्पत्य जीवन सुखमाया रहनेछ। आफन्तको सफलताबाट न्बिक्कै खुशी मिल्ने देखिन्छ। स्थाई सम्पत्तीको प्राप्तिको प्रबल सम्भावना रहेकोछ।

Pisces

मीन

मीन: नोकरीमा दिन सुध्रिनेछ। क्रोध माथि नियन्त्रण गर्नु पर्ने देखिन्छ। आत्मिय मित्रबाटको सहयोगबाट महत्वपूर्ण काम बन्ने देखिन्छ। आर्थिक लाभ राम्रै हुने देखिन्छ। आजको राशिफलले जे-जस्तो भनेतपाईंको हरेक पल सुख शान्तीर सफलता पुर्वक बितोस भनी कामना गर्दछौ ।