News Detail

दोश्रो म्युजिक भिडियोका साथ पुन आए जगत

बैशाख १८, २०७४

मोडलिङ क्षेत्रमा जम्दै गरेका जगत खनाल म्युजिक भिडियोका साथ पुन दर्शक माझ आएका छन् । चितवन माडी स्थायी घर भएका जगतको यो दोश्रो म्युजिक भिडियो हो । सगरमाथा डिजिटल प्रालिले बजारमा ल्याएको तिम्ले हासो लुटि लग्यौ बोलको उक्त गितलाई मनोज मिश्रले आवाज दिएका छन् । म्युजिक भिडियोमा जगतका अलावा श्वेता र धनुले अभिनय गरेका छन् । सानै देखि कला क्षेत्रमा अग्रसर जगत पहिलो म्युजिक भिडियो मन परेर होकि बाटै चर्चाको शिखरमा पुगेका हुन् । एउटा उदाउंदो मोडलको रुपमा स्थापित हुन थालेका जगत म्युजिक भिडियोका प्रस्ताव धेरै आएतापनि आफु संख्या भन्दा पनि गुणस्तरीयतामा ध्यान दिएको बताउंछन्, यद्यपी आफु चुजी भने नरहेको उनले बताए । 

 

प्रतिकृया दिनुहोस