News Detail

चितवन निकुन्ज प्रति माडीका स्थानियको निराशा बढ्दो

साउन २५, २०७४

सरोज खनाल / चितवन राष्टिय निकुन्जलाई नेपालकै शान भनिएतापनि वर्षौंदेखि यहि निकुन्ज माडीका लागि अभिषाप सिद्ध हुंदै गएको छ । वर्षेनी जनावर बाट जनधनको क्षति , निकुन्ज ऐनका कारण निर्वाध रुपमा आवतजावत, वैध काठ ओसारपोसार लगायतमा कडाई हुनु, माडी प्रवेश गर्दा तथा बाहिरिंदा पनि शुल्क तिर्नुपर्ने प्रावधानले गर्दा निकुन्ज नै माडी विकासको बाधाको रुपमा रहेको आम स्थानियको बुझाई छ । वर्षौंपछि विद्युतीकरण कार्य पुर्ण हुन नपाउंदै भुमिगत रुपमा विछ्याईएको लाईनमा पटक पटक समस्या आउनुमा निकुन्ज नै प्रमुख कारण बनेको छ । हाईटेन्सनबाट लाईन लान नपाउंदा भुमिगत लाईन लगिएकोमा अहिलेसम्मको स्थिती हेर्दा त्यो दिगो होला भन्नेमा विश्वस्त हुन सकिंदैन । लामो समयसम्म निकुन्ज भित्र विद्युत लाईन विग्रिएर रहंदा पनि समस्या पहिचान हुन सकेको छैन । निकुन्जका कारण नै वर्षौं सम्म विद्युत विस्तार हुन सकेन , बाध्यकारी व्यवस्थाले गर्दा भुमिगत लाईन विछ्याउनुपर्यो , जुन असफल सिद्ध हुंदैछ । निकुन्ज भित्रको बाटो विस्तार गर्न नपाउनु ,  आफ्नो घरायसी प्रयोजनका लागि पनि फर्निचर तथा काठ लैजान नपाउनु ÷ कडाई हुनु , आंफ्नै बारी, पाखोमा उब्जेका तामा, न्युरो तथा कुचोका सामानहरु माडी बाहिर लैजान पुर्ण प्रतिवन्ध हुनु जस्ता कारणले माडीवासीहरु निकुन्ज ऐन परिमार्जन हुनुपर्ने बताउंछन् । निकुन्जको प्रतिकुल ऐनकै कारण माडी अहिलेसम्म पछि परिरहेकोहुनाले निकुन्ज प्रति माडीवासीको निराशा बढ्दो छ । यस खालको ऐन परिमार्जनका लागी विभिन्न मन्त्री तथा नेताहरु समक्ष कु्रा राखेपनि सुनुवाई हुन नसकेको यस क्षेत्रका अगुवाहरु बताउंछन् ।

प्रतिकृया दिनुहोस