News Detail

​आज विश्व आदिवासी दिवस मनाइँदै

साउन २५, २०७४

आज विश्व आदिवासी दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदैछ । संयुक्त राष्ट्र संघले सन् १९९३ लाई विश्व आदिवासी वर्षका रुपमा घोषित गरेपछि हेरेक वर्ष अगस्ट ९ तारिखमा यो दिवस मनाउन थालिएको हो । आदिवासी जनजातिको अधिकार स्थापित गराउन देशभर आन्दोलन गरिरहेका आदिवासी जनजातिले यो दिवस आन्दोलनकै रुपमा मनाइरहेका छन् । दिवसको अवसरमा  काठमाडौंको भृकुटीमण्डपबाट बृहत सांस्कृतिक, झाँकीसहितको र्याली निकाल्ने तयारी छ । र्याली भद्रकाली-शहिदगेट-न्यूरोडगेट-रत्नपार्क हुँदै राष्ट्रिय सभागृहमा पुगेर मूल समारोहमा परिणत हुनेछ ।

प्रतिकृया दिनुहोस