News Detail

​वडा नं. ३ का वडाध्यक्षले गरे पदग्रहण

साउन २५, २०७४

भरतपुर महानगरपालिका वडा नं. ३ का वडा अध्यक्ष लगायत सदस्यहरुले आजदेखि पदभार ग्रहण गरेका छन् । वडा कार्यालयमा आयोजित स्वागत कार्यक्रम पछि वडा अध्यक्ष चन्द्रमित्र पण्डित, सदस्यहरु भरतप्रसाद लामिछाने, रविन्द्र गौतम , ईन्दु पण्डित र सुकमाया परियारले पदभार ग्रहण गरेका हुन् । वडा अध्यक्ष पण्डितले पदभार ग्रहण गर्दै एक घर दुई विरुवा , हरियाली र उज्यालो वडा भन्दै कार्यालय नजिक नारायणि नदि किनारमा नवनिर्मित बाल उद्यानमा वृक्षारोपण समेत गर्नुभयो । कार्यक्रममा बोल्दै उहांले वडाको समग्र विकासका लागी गुरुयोजना तयार गर्दै विजुली, खानेपानी लगायतका आधारभुत आवश्यकताको विषयलाई प्रमुख प्राथमिकतामा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा सचिव रोजी केसी, पुर्व वडा अध्यक्ष रामहरी श्रेष्ठ, राजनितिक दलका प्रतिनिधि , टोल विकासका पदाधिकारीहरुले स्वागत गरेका थिए ।

प्रतिकृया दिनुहोस