News Detail

लायन्स ल्कबद्धारा श्री मावि गंगानगरमा विभिन्न कार्यक्रम सम्पन्न

साउन २८, २०७४

लायन्स ल्कब ईन्टरनेसनल, डिष्ट्रिक ३२५ वि २, लायन्स ल्कब अफ नारायणगढ मिड टाउनको आयोजना र श्री मा. बि. गंगानगर भरतपुर महानगरपालिका १३, चितवन को सहकार्यमा श्री मावि गंगानगरको प्राङ्गणमा विभिन्न कार्यक्रमहरु गरिएको छ । सो अवसरमा करिब १०० बिरुवाहरु वृक्षारोपण तथा बिध्यलयमा अध्यायनरत छात्राहरुका लागी सेनेटरी प्याड  बितरण कार्यक्रम सम्पन्न भएको छ । लायन्स ल्कब अफ नारायणगढ मिड टाउनका अध्यक्ष लायन ई. राजेश कोइरालाको अध्यक्षतामा सञ्चालीत कार्यक्रममा बिध्यलयका प्रअ  श्रीराम देबकोटा लगायत शिक्षक, बिध्यार्थीहरु तथा नारायणगढ मिड टाउनकातर्फबाट संस्थापक अध्यक्ष लायन शिब प्रसाद पंडित, जोन चियर पर्सन लायन इश्वर कुमार भण्डारी,पुर्व अध्यक्ष लायन प्रकास पौडेल,निबर्तमान अध्यक्ष लायन रमेश घिमीरे, सचिब लायन हरि ढकाल,  मेम्बरसिप चियर पर्सन लायन नमराज फुयाल,टेमर लायन गोबिन्द पौडेल, सदस्य लायन लिलाधर पौडेल लगायत को उपस्थीती थियो । तृतिय उपाध्यक्ष लायन प्रकास गुरुङ को संयोजकत्मा सम्पन्न उक्तकार्यक्रममा बिध्यलयका प्रधानाध्यापक राम देवकोटा,  लायन्स ल्कब अफ नारायणगढ मिड टाउनका अध्यक्ष लायन ई. राजेश कोइराला लगायतले मन्तब्य राख्नुभएको थियो ।   

प्रतिकृया दिनुहोस