News Detail

​आदर्श गृह भरतपुरद्धारा मेयर तथा उपमेयरलाई स्वागत तथा सम्मान

साउन २८, २०७४

आदर्श गृह भरतपुर तथा आदर्श नारी विकास केन्द्रले   आज एक कार्यक्रमका बीच भरतपुरका मेयर तथा उपमेयरलाई स्वागत तथा सम्मान गरेको छ । केन्द्रले भरतपुर महानगरकी मेयर रेणु दाहाल , उपमेयर पार्वती शाह लाई स्वागत गरेको हो ।   बधाई कार्यक्रममा मेयर दहालले प्रतिवद्धता ब्यक्त गर्दै देशका महानगरपािलका मध्य एक मात्र महिला मेयर हुन पाउनु गर्वको कुरा रहेको भन्दै विभिन्न अप्ठारोलाई पार गर्दै महानगरको मेयर भएकोले यो सम्पुर्ण महिलाहरुको जित भएको बताईन् । उनले प्रतिपक्ष दलको खवरदारीले आफुले भरतपुरको विकासमा कार्य गर्दा सर्जक र सचेत हुने मौका पाउने र कार्य सजकता पुर्वक अधि बढाउने बताईन् । चुनौती र अवसर दुवै रहेको भरतपुरमा महिलाहरुको शिर उच्च राख्ने गरि कार्य गर्ने बताईन् । कार्यक्रममा अधिवक्ता फुलमायां रानाभाट , भानुभक्त कंडेल , पवित्रा केसी लगायतले बोल्नुभएको थियो ।  

प्रतिकृया दिनुहोस