News Detail

​बलिउड अभिनेता सञ्जय दत्त जेलबाट रिहा

फाल्गुण १३, २०७२

बलिउड अभिनेता सञ्जय दत्त जेलबाट रिहा भएका छन्  । उनी बिहीबार बिहान पुणेको यरवडा जेलबाट रिहा भएका हुन् । ५६ वर्षका सञ्जय २०१३ मे महिनामा जेल परेका थिए । सन् १९९३ मा भएको श्रृँखलाबद्ध बम बिस्फोटको घटनामा उनको संलग्नता तथा अवैध हतियार राखेको आरोपमा दोषी पाइएपछि अदालतले उनलाई पाँच वर्षको जेल सजाय सुनाएको थियो । तर उनले पुरै पाँच वर्ष भने जेलमा बिताउनु परेन । कैदीको चालचलन राम्रो पाइएको अवस्थामा हरेक वर्ष जेल प्रशासनले सजाय माफी दिने प्रावधान छ । सञ्जय दत्तको आचरणमा कुनै गुनासो नआएका कारण उनलाई जेल प्रसानले बिदा दिएको हो । उनले जेलमा कागजको झोला बनाउने काम गर्दै आएका थिए । उनी ४२ महिना जेलमा रहे । यसअघि सन् २००७ मा पनि जेल परेका थिए । त्यसबेला उनले १८ महिना जेलमा बिताएका थिए ।

प्रतिकृया दिनुहोस