News Detail

बलिउड नायिका ऐश्वर्या राय बच्चन उनकै पति अभिषेक बच्चनभन्दा धनी

बैशाख २८, २०७३

बलिउड नायिका ऐश्वर्या राय बच्चन उनकै पति अभिषेक बच्चनभन्दा धनी छिन् । सन् १९९४ मा विश्व सुन्दरी घोषित ऐश्वर्याले एउटा चलचित्रमा अभिनय गरेबापत ६ देखि १० करोड भारतीय रुपैयाँ पारिश्रमिक लिने गरेकी छन् ।त्यस्तै विज्ञापन उनको आम्दानीको अर्को स्रोत हो । उनी विभिन्न ब्राण्डका उत्पादनको आधिकारिक प्रचार गर्दछिन् । उनले नौ वर्षकै उमेरमा एउटा पेन्सिलको विज्ञापनमा अभिनय गरेकी थिइन् । उनले टाइटन, लोरियल, कोकाकोला, लेक्मे, फिलिप्स, पामोलिभ, लक्स लगायत कयौं कम्पनीको विज्ञापन गर्दै आएकी छन् ।सन् २०१४/०१५ मा उनले ६ करोड २१ लाख रुपैयाँभन्दा बढी रकम विज्ञापनबाटै हासिल गरेकी थिइन् ।हाल उनीसँग २३४ करोड रुपैयाँको सम्पत्ति रहेको बताइएको छ ।ऐश्वर्यालाई चलचित्र ‘हम दिल दे चुके सनम’ र ‘देवदास’ का लागि उत्कृष्ट नायिकाको अवार्ड दिइएको थियो ।

 

प्रतिकृया दिनुहोस