News Detail

नव गायिका कल्पना अधिकारीको तिजको नयां गिती संग्रह बजारमा

साउन २०, २०७३

नव गायिका कल्पना अधिकारीले तिजको अवसरमा नयां गिती संग्रह बजारमा ल्याएकी छन् । आफ्नो पहिलो सांगीतिक कोशेलीको रुपमा " केटी भन्दा केटा धेरै तिजको मेलामा " एल्वम बजारमा आएको हो । कल्पना अधिकारी र तिलक वलीको स्वरमा रहेको गीतमा लय तथा शब्द सुमित्रा अधिकारी 'सिरु' को छ । गोरखा मुच्चोक गाविसको कुसुण्डेमा जन्मिएकी अधिकारी हाल स्नातक अध्ययन सकेर काठमाण्डौंमा छिन् । तिज गीतमा नयांपन ल्याउने उद्धेश्यले आफ्नो एल्बम बजारमा आएको अधिकारीले बताएकी छन् । भिडियो हेर्न यो लिंक खोल्नुहोला ।   

https://www.youtube.com/watch?v=Yy8UokaZ7mo&feature=youtu.be

 

प्रतिकृया दिनुहोस