News Detail

यस्तो छ गायिका अबुन पाण्डेको ‘गोरेटो’ : -- भिडियो सार्बजनिक (भिडियो)

मंसिर १३, २०७३

हेमराज रिमाल / अस्ट्रेलियामा बसेपनि मन भने कहिले स्याङ्जा र पाल्पा त कहिले पुर्वतिर पु¥याउने बहु गायिका हुन् सुमधुर स्वरकी धनि गायिका ‘अबुन पाण्डे’ । अस्ट्रेलियामा भएपनि संगित यात्रालाई कायम राखेकी गायिका अबुन पाण्डेको पछिल्लो समयमा एकपछि अर्को गरेर म्युजिक भिडियो देखिन थालेको छ। गायिका पाण्डेले आफ्नै शब्दमा तथा स्वरमा ‘गोरेटो’ गीत को म्युजिक भिडियो सार्बजनिक गरेकी छिन । अष्ट्रेलियामा बस्दै आएका संगीतकार टीका दाहाल र गायिका अबुन पाण्डेको अर्को कर्णप्रिय गीत  अस्ट्रेलियाको बिभिन्न रमणिय स्थानमा छायांकन गरिएको उक्त भिडियोमा  ‘ड्रोन’ प्रविधिबाट पनि छायांकन गरिएको छ जुन निकै उत्कृष्ट देखिएको छ । अस्ट्रेलियाको ‘कुइन्स ल्याण्ड’ सहरको बिभिन्न रमणीय स्थानमा अष्ट्रेलियन प्राबिधिकहरुद्वारा अत्याधुनिक ‘ड्रोन’ को प्रयोग गरि छायांकन गरिएको थियो । निर्देशक जीवन रसाइली सहितको टोलीले २/३ दिन लगातर मिहेनेत गरेका थिए । अबुनले केहि समय पहिला रोइला गीत “स्यांङजा गए पाल्पा गए ” गितको म्युजिक भिडियो सार्वजनिक भएको थियो । जुन गीत अहिले निकॆ चर्चित छ । सन् २००४ मा “माटो चितवनको ” गीतमा स्वर दिएकी अबुनको सन् २०१५ फेब्रेवरीमा ” मायाले बधिदेउ न मलाई” गितको म्युजिक भिडियो सार्वजनिक भएको थियो । पछिल्लो समय टिका दाहाल र अवुन पान्डेको केवल यादमा तिम्रो भन्ने गित सार्वजनिक भएको थियो भने २ महिना नवित्दै गोरेटो एल्बम बजारमा आएको छ । 

 

 

 

प्रतिकृया दिनुहोस