News Detail

नम्रता र जगतको रोमान्स रहेको ​‘मन परेर हो कि..’ गीतको चर्चा बढ्दो (भिडियो सहित)

पौष २१, २०७३

अभिनेत्री नम्रता सापकोटा र जगत खनाललको रोमान्स रहेको ‘मन परेर हो कि..’ गीतको चर्चा बढ्दो छ । रोमान्टिक थिममा तयार पारिएको भिडियोमा जगतलाई मन पराएको कुरा अभिनेत्री नम्रताले गीत मार्फत ब्यक्त गरेकी छन् । भिडियोमा जगत र नम्रताको प्रेममय दृश्यहरु पनि राखिएका छन् ।   ट्रयाजेटी थिम समेत देखाउन खोजेको भिडियोमा नम्रता र जगतको अलवा दिनेश सिवाकोटीको समेत अभिनय छ । गीतको भिडियो कुमार केसीले निर्देशन गरेका हुन् । चितवन माडी स्थायी घर भएका जगतले यसै भिडियो मार्फत अभिनयमा डेब्यु गरेका हुन् ।  पहिलो पटक भिडियो अभिनय आफ्नो लागि अबिस्मरणीय बनेको उनले बताए । भिडियोले पाएको सफलताले आफुलाई अवका दिन अभिनयमा लाग्न हौस्याएको उनले बतएका छन् ।  गीतमा गायिका मेलिना राइको स्वर रहेको छ, भने यम गुरुङको शब्द तथा राजेन्द्र बजगाइको संगीत समेटिएको छ । 

 

प्रतिकृया दिनुहोस