News Detail

​ब्राजिलका राष्ट्रपति माइकल टेमेरमाथि घुस लिएको आरोप

आषाढ १३, २०७४

ब्राजिलका राष्ट्रपति माइकल टेमेरमाथि घुस लिएको आरोप लागेको छ । राष्ट्रपतिले मिटप्याकिङ कम्पनीको मालिकसँग घुस मागेको अभियोजकको दाबी छ । यद्यपि राष्ट्रपति टेमेरले यो आरोप अस्वीकार गरेका छन् । आरोपसम्वन्धी दस्तावेज सुप्रिम कोर्टका न्यायाधीशलाई बुझाइरहेको छ र उनले यसलाई संसदको तल्लो सदनमा पठाउनेबारे निर्णय लिनेछन् । त्यसपछि तल्लो सदनले राष्ट्रपतिमाथि मुद्दा लगाउनेबारे भोटिङ गर्नेछ । राष्ट्रपति टेमेरले आफूलाई निर्दोष सावित गर्ने दाबी गरेका छन् । गत वर्ष राष्ट्रपतिको पद सम्हालेदेखि नै उनीमाथि भ्रष्टाचारको आरोप लागेको थियषे । तर, पहिलो पटक औपचारिक रुपमै मुद्दा चलाउने प्रयास भइरहेको छ । यसअघि एक अडियो सार्वजािक भएको थियो, जसमा कतिथ रुपमा जेबीएस मिटप्याकिङ कम्पनीका मालिक सोसली बाटिस्टासँग घुस लिने कुरा गरिएको छ ।

Related News

प्रतिकृया दिनुहोस