News Detail

राप्ती नदिको बाढीले चितवनको सौराहमा १५ करोडको क्षति

साउन ३२, २०७४

राप्ती नदिको बाढीले चितवनको सौराहमा करिव १५ करोडको क्षति पु¥याएको क्षेत्रिय होटल संघ चितवनले दावी गरेको छ ।  एक विज्ञप्ती जारी गर्दै संघले सौराहका १ सय १० होटलमा क्षति पु¥याएको वताएको छ । संघले सौराहमा रहेका ६ सय पर्यटकलाई बाढीको समयमा सुरक्षित क्षेत्रमा लैजान सफल भएको जनाउदैं सहयोग गर्ने सवैलाई धन्यवाद दिएको छ । सौराहका स्थानियको सक्रियता र व्यसायीको सचेतताका कारण मानविय क्षति हुन नपाएको विज्ञप्ती मार्फत उल्लेख गरिएको छ । संघका अध्यक्ष सुमन घिमिरेले सवैको समन्वय र कर्मचारी तथा स्थानिएको सहयोगले ठुलो संकटसंग सजिलै जुध्न सकेको वताएका छन् । पानिको वाहव घट्ने वित्तिकै होटल सरसफाईमा लागेको उनले जानकारी दिए । भोलि (वुधवार) देखी १५ ओटा होटल संचालनमा आउने र अन्य केही होटल एक सातामा संचालनमा आउने घिमिरेले वताए । राप्ती किनारका होटलमा वढी क्षति पु¥याएकोले ति होटल संचालनमा ल्याउन समय लाग्ने उनको भनाई छ ।  नारायणगढ–मुग्लिन सडकले चौपट बनेको सौराहको व्यवसायमा बाढीले थप संकट निम्त्याएको भन्दै सरकारले सौराहका व्यवसायीले लिएको क्रृणको व्याजमा सहुलियत दिन माग गरिएको छ । बाढीले बन्यजन्तुमा पनि गम्भिर असार परेको भन्दै बन्यजन्तुको संरक्षमा पहल गर्न संघले सरकारसंग माग गरेको छ । 

प्रतिकृया दिनुहोस