News Detail

​स्वस्तिक नेपालद्धारा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

भाद्र २, २०७४

शिक्षा र सामाजिक क्षेत्रमा कार्य गर्दै आईरहेको भरतपुरको स्वस्तिक नेपालले नारायणगढमा   वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । विकासका लागी शिक्षा, शिक्षाका लागी शान्ति विषयक अन्तर सामुदायिक विद्यालय स्तरीय प्रतियोगितामा १३ जना विद्यार्थीको सहभागिता रहेको थियो प्रतियोगितामा नयां किरण मा.वि भरतपुर की अन्जना थपलिया प्रथम, नारायणि नमुना मावि भरतपुरका विश्वास सुनार  द्धितिय , प्रेमवस्ती मावि की ममता पन्त तृतीय तथा आदिकवि भानुभक्त माविकी निशा पन्तले सान्त्वना स्थान हात पारे । विजयी विद्यार्थीहरु मध्ये प्रथम, द्धितिय, तृतीय र सान्त्वना हुनेले क्रमश ः ५ हजार, ३ हजार, २ हजार र एक हजार प्राप्त गरेका छन् । कार्यक्रममा संयोजक नारायण कंडेलले स्वागत मन्तव्य राख्नुभएको थियो । प्रतियोगिताको निर्णायकमा स्वस्तिक नेपालका पुर्व अध्यक्ष सुदिपसिंह अधिकारी, संस्थापक अध्यक्ष हिरामान महर्जन तथा लेडि जेसिजका पुर्व अध्यक्ष सुनिता कर्माचार्य रहनुभएको थियो । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको संचालन अर्जुन अधिकारीले गर्नुभएको थियो । कार्यक्रम स्वस्तिक नेपालका अध्यक्ष बालकृष्ण कंडेलको अध्यक्षतामा सम्पन्न भएको हो । विद्यार्थीको क्षमता विकास गर्ने उद्धेश्यले प्रत्येक वर्ष गरिंदै आएको कार्यक्रम यसपटक पनि निरन्तरता दिईएको संस्थाले जनाएको छ । 

प्रतिकृया दिनुहोस