News Detail

गणेशस्थान मन्दिर संरक्षण संवर्धन समितीको दोस्रो साधारण सम्पन्न

भाद्र १७, २०७४

राजु अधिकारी,भाद्र १७ । गणेशस्थान मन्दिर संरक्षण संवद्र्धन समितीको दोस्रो साधारण सम्पन्न भएको छ ।भरतपुर क्षेत्रकै पुरानो मन्दिरको रुपमा रहेको यस मन्दिरको संरक्षण संवद्र्धन गर्नको लागि यहाँ आउने बजेट कार्यान्वयनका विषयमा छलफल भएको छ । भरतपुर महानगरपालिकाका उपमेयर पार्वती शाहका साथै वडा नम्बर १,२,३,१०,११ का वडा अध्यक्षहरुलाई सम्मान गरीएको छ ।पर्यटन मन्त्रालयबाट निरन्तर रुपमा सहयोग प्राप्त भैरहेकाले जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्ण प्रसाद सुबेदी,रोटरी पार्क तथा रोटरी सामुदायिक भवनका साथै बिकाश निर्माण र गणेशस्थान टोल सुधारमा रहेका बालबालिकाहरुलाई छात्रवृत्तिी, समुदायमा स्वास्थ्य चेकअप आदि सामाजिक कार्यमा बर्षेनी सहयोग गर्ने बचनबद्धता गर्नु भएका चितवन रोटरी क्लब,मरोणप्रान्त मन्दिरका पुजारी ,स्टेज र चौतारा निर्माता मुक्तीलाल चुके ,सवैभन्दा ठुलो हल भवन निर्माण गरीदिएकोमा भीमसेन नेवा धर्मगुठी,आन्तरीक व्यवस्थापन र समन्वय गरी कार्य गर्ने वातावरण बनाएकोमा गणेशस्थान टोल सुधार समिती लगाएतका ब्यक्ती तथा संघ संस्थालाई प्रमाण पत्र प्रदान गरी सम्मान गरीएको छ । सरुवा भइ आउनु भएका जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरका समादेशक प्रहरी नायव महानिरीक्षक केदारमान सिंह भण्डारीलाई स्वागत गरीएको छ ।सांसद कृष्णभक्त पोख्रेल प्रमुख आतिथी रहनु भएको कार्यक्रम रेशम सापकोटाले संचालन गर्नुभएको थियो ।समितीका अध्यक्ष दिनेश कुमार चुकेको सभापतित्वमा कार्यक्रकम सम्पन्न भएको हो ।

प्रतिकृया दिनुहोस