News Detail

अतिवादी सोच त्याग्नुपर्नेमा माओवादी केन्द्रका अध्यक्ष दाहालको जोड

भाद्र २५, २०७४

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहाडविरुद्ध मधेस र मधेस विरुद्ध पहाडलाई उभ्याउने अतिवादी सोच छोडेर पहाड र मधेसलाई जोड्न राजनीतिक दललाई आग्रह गर्नुभएको छ । स्थानीय तहको तेस्रो चरणको चुनावका लागि शनिबार बारामा आयोजित विभिन्न जनसभालाई सम्बोधन गर्दै उहाँले पहाड र मधेसलाई जोड्न आग्रह गर्नुभएको हो । अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘पहाडका विरुद्ध मधेस र मधेसका विरुद्ध पहाड उभ्याउने सोचले देशको हित गर्दैन, राष्ट्रिय एकता बलियो हुँदैन, जनताले अधिकार पाउन पनि सक्दैनन् । त्यसैले सबै राजनीतिक पार्टीले पहाड र मधेसलाई भिडाउने होइन, जोड्नेतिर सोच्नुपर्छ ।’ ‘हामीले जनयुद्ध लड्यौं, त्यो बेला हामी बाहेक कुनै पनि पार्टीमा गणतन्त्र, संघीयता, समानुपातिक भन्ने हैसियत थिएन । हामीले जनयुद्ध लडेर, १३ हजारको रगत बगाएर, सम्पूर्ण उत्पीडित जनताको पहिचान र अधिकारको लडाई उचाईमा पुगेपछि मधेसवादी दल पनि संघीयता भन्न सक्ने भए, प्रचण्डले थप्नुभयो, ‘अहिले मधेसीदलहरु संघीयता हाम्रो भन्न खोज्दैछन्, उनीहरुको तागतले संघीयता आएको होइन, क्षेत्रीय र पृथकतावादी शक्तिले देशको नेतृत्व गर्न सक्दैनन् ।’ सभामा प्रचण्डले माओवादी ठूलो दिलको पार्टी भएको बताउनुभयो । 

प्रतिकृया दिनुहोस