News Detail

​डेंगु रोग नियन्त्रणको लागी पूर्वी चितवनमा लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गरिने

भाद्र २५, २०७४

डेंगु रोग नियन्त्रणको लागी पूर्वीचितवनमा लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गरिने भएको छ । पूर्वी चितवनको खैरहनी र रत्ननगर नगरपालिकाको केही वडाहरुमा लामखुट्टेको वासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियान संचालन गर्न लागिएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम कुमार केशीले जानकारी दिए । डेंगु रोगको प्रकोप फैलन नदिन भदौ २६,२७ र २८ गते लामखुट्टेको वासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियान संचालन गर्न लागिएको केशीले बताए । अभियान अन्र्तगत खैरहनीको ६,८ र ९ नम्वर वडा तथा रत्ननगरको १,२,३,४,१०,११,१२ र १३ नम्वर वडाको घरघरमा पुगी लामखुट्टेको लार्भा नष्ट गरिने छ ।

प्रतिकृया दिनुहोस