News Detail

स्टारकपको उपाधी बसन्तपुरलाई

भाद्र २५, २०७४

माडीमा स्टार स्पोर्टेस क्लव बरुवाको आयोजनमा जारि माडी स्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि बसन्तपुर युनाइटेट क्लब ए बसन्तपुरले उचालेको छ उसले ग्यान ज्योति युवा क्लब भैरबपुरलाइ ट्राईबेकरमा ४-२ गोल अन्तरले पराजित गर्दै उपाधि उचालेको हो निर्धारित ९० मिनेट सम्म दुवै टोलिबाट गोल हुन नसके पछि खेल ट्राई बेकरमा धकलिएको थियो बसन्तपुरले उपाधि संगै ५५ हजार १ सय ५१ रुपैयाँ, सहित ट्रफी जित्दा उपविजेतामा सिमित भएको भैरबपुरले २६ हजार १ सय ५१ रुपैयामा चित्त बुझाउनु पर्यो यस अघि हिजो भएको सेमिफाइनल खेलमा दियो क्लब माडी राधापुरलाइ ट्राईबेकरमा ५-३ गोल अन्तरलर पराजित गर्दै बसन्तपुर युनाइटेट क्लब ए बसन्तपुर फाइनल प्रवेश गरेको थियो भने हिजै भएको दोस्रो सेमिफाइनल खेलमा प्रतिभा युवा क्लब सितलपुरलाइ ३-० गोल अन्तरले पराजित गर्दै ज्ञानज्योति युवा क्लब भैरबपुर बिजयी भएको थियो। 

Related News

प्रतिकृया दिनुहोस