News Detail

माडी नगरपालिका ९ का बाढीपिडितलाई राहत वितरण

भाद्र २६, २०७४

विद्युतीय व्यवसायी महासंघ तथा विद्युतीय व्यवसायी संघ चितवनको संयुक्त आयोजनामा माडी नगरपालिका वडा नं. ९ का बाढी पिडितलाई राहत वितरण गरिएको छ । माडी नगरपालिका वडा नं. ९ कुसुमखोला स्थित आधारभुत विद्यालय कुसुमखोलाका १ सय १५ जना विद्यार्थीलाई स्कुल व्याग तथा १ वर्षभरिलाई पुग्ने स्टेशनरीका सामान वितरण गरिएको हो । साथै केहि बाढी पिडित स्थानियहरुलाई लत्ताकपडा पनि वितरण गरिएको छ । राहत वितरण कार्यक्रममा बोल्दै विद्युतीय व्यवसायी महासंघका अध्यक्ष तेजनारायण खरेलले आफुहरुको संस्था व्यापारिक संस्था भएतापनि विपत्तिमा परेकाहरुलाई सहयोग गर्ने अभियान संचालन गरिरहेको बताउनुभयो । संस्थाले विभिन्न समयमा विभिन्न खालका विपत्तिमा परेकाहरुलाई सहयोग गरिरहेको उहांले बताउनुभयो । महासंघका अध्यक्ष तेजनारायण खरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्युतीय व्यवसायी संघ चितवनका अध्यक्ष शशिधर लामिछाने विद्यालय व्यवस्थापन समितीका अध्यक्ष कमल चेपाङ, प्रअ साजन गुरुङ, स्थानिय समाजसेवी गंगा ब. अधिकारी, अशोक पाण्डे, लक्ष्मण सुनार तथा संघका कार्यसमितीका अन्य सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस