News Detail

स्थानीय तहको चुनावका लागि शिर्ष नेताहरु मधेसमा

भाद्र २७, २०७४

प्रदेश नम्बर २ का ८ जिल्लामा आउँदो असोज २ गते हुन लागेको स्थानीय तहको चुनावका लागि मतदाता रिझाउन दलका नेताहरु अहिले मधेस दौडाहामा छन् । एक सय ३६ स्थानीय तहका लागि हुन लागेको चुनावमा मतदातालाई आफ्नो पक्षमा पार्न दलका केन्द्रीय नेता कम्मर कसेर लागेका छन् । अहिले बेला नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माोवादी केन्द्र, राजपा नेपाल, संघीय समाजवादी फोरम, नयाँ शक्ति नेपाल, फोरम लोकतान्त्रिक, राप्रपा नेपाल लगायतका दलका केन्द्रीय नेता मधेस पसेका छन् । नेताहरु आफ्ना पार्टीका उम्मेदवार सँगै घरदैलो कार्यक्रम र चुनावी प्रचार प्रसार कार्यक्रममा सरिक हुने गरेका छन् । धनुषामा कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री विमलेन्द्र निधी हुनुहुन्छ । सोमबार नयाँ शक्ति नेपालका केन्द्रीय संयोजक डा. बाबुराम भट्टराई, संघीय समाजवादी फोरमका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव पनि धनुषा आउनुभएको छ । मंगलबार राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो जनकपुर आउने तयारी छ । यस्तै प्रधानमन्त्री समेत रहनु भएका कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार जनकपुरमा चुनावी भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रतिकृया दिनुहोस