News Detail

दशैंका लागि घर जाने यात्रुहरुले मंगलबार आजदेखि अग्रीम टिकट बुकिङ गर्न पाउने

भाद्र २७, २०७४

नेपालीहरुको महान चाड बडा दशैंका लागि घर जाने यात्रुहरुले मंगलबार आजदेखि अग्रीम टिकट बुकिङ गर्न पाउने भएका छन् । फाइल फोटो दशैँमा घर फर्कन चाहने यात्रुले नयाँबसपार्क, गौशाला, बालाजु, कोटेश्वर, कलंकीलगायतका स्थानबाट मंगलबार आजदेखि बसको टिकट लिन सकिने यातायात व्यवसायीहरुले बताएका छन् । काठमाडौं उपत्यकाबाट दशैँ मानाउन करिव २० देखि २५ लाख यात्रु बाहिरिने अनुमान गरिएको छ । यात्रु नठगिउन भनेर सरकारले ट्राफिक प्रहरीसँग सहकार्य गरी नियमित अनुगन गर्ने जनाएको छ । सरकारले यसअघि भदौ २२ गते बुकिङ खोल्ने निर्णय गरे पनि विभिन्न माग तेस्र्याएर व्यवसायीले बुकिङ खोलेका थिएनन् । गत शनिबार यातायातमन्त्री वीरबहादुर बलायरसँग भएको वार्ता सहमतिमा पुगेपछि यातायात व्यावासायी मंगलबार (आज)बाट अग्रिम टिकट बुकिङ खोल्न राजी भएका हुन् । मन्त्रालयले सार्वजनिक सवारीको वैज्ञानिक भाडादर समायोजनको प्रक्रिया अघि बढाउने आश्वासन दिएपछि व्यवसायी बुकिङ खोल्न सहमत भएका हुन् ।

प्रतिकृया दिनुहोस