News Detail

महोत्तरीको गौशाला नगरपालिका–८ मा ग्यास सिलिन्डर विस्फोट

भाद्र २७, २०७४

महोत्तरीको गौशाला नगरपालिका–८ मा ग्यास सिलिन्डर विस्फोट भएको छ । स्थानीय तहको तेस्रो चरणको निर्वाचन आउन एकहप्तामात्र बाँकी रहेको समयमा गएराति अज्ञात समूहले ग्यास सिलिन्डर विस्फोट गराएको प्रहरीले जनाएको छ । स्थानीयवासी उमेश महतोको उखुबारीमा अज्ञात समूहले ग्यास सिलिन्डर पड्काएर फरार भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । घटनास्थलमा ग्यास सिलिन्डरको माथिको गोलो रिङ, कपडा र मोटरसाइकलको टायर जलेको अवस्थामा भेटेको प्रहरी नायब उपरीक्षक दीपक पोखरेलले बताए । मनोनयन दर्ताको एकदिन अगाडि पनि रातिको समयमा बर्दिबास नगरपालिका परिसर बाहिर टिफिनमा राखिएको विस्फोटक पदार्थ विष्फोटन गरिएको थियो । हालसम्म कुनै समूह वा व्यक्तिले दुवै घटनाको जिम्मा नलिएको जिप्रका महोत्तरीले जनाएको 

प्रतिकृया दिनुहोस