News Detail

१२ दिनदेखि आमरण अनसनमा बसेका डाक्टर महेशकुमार गजुरेलको स्वास्थ्य अवस्था कमजोर

आश्विन २२, २०७४

त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकलाई करार बनाउन माग गर्दै १२ दिनदेखि आमरण अनसनमा बसेका डाक्टर महेशकुमार गजुरेलको स्वास्थ्य अवस्था कमजोर बनेको छ । १२ दिनदेखिको अनसनका कारण उहाँमा कमजोरी, रिंगटा लाग्ने रक्तचाप असन्तुलन जस्ता समस्या देखिन थालेको उहाँको स्वास्थ्य परिक्षण गरिरहेका स्वास्थ्यकर्मीले जानकारी दिएका छन् । यसैबीच आंशिक प्राध्यापक संघले १२ दिनदेखि अनसन बस्दा पनि सरकार र त्रिभुवन विश्वविद्यालयले ध्यान नदिएकोप्रति आपत्ति जनाएको छ । आफ्ना मागबारे सरकारले ध्यान नदिएकाले अब झनै कठोर कदम चाल्ने तयारी भइरहेको संघका महासचिव केशव चन्दले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस