News Detail

धादिङमा एक बालकको हत्या

आश्विन २२, २०७४

धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १, ब्रुन्दीमा आइतबार राति एक बालकको रहस्यमय तरिकाले हत्या भएको छ । बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १, ब्रुन्दीका २५ वर्षका आसमान तामाङले पाँच वर्षका बालक विवेक तामाङको हत्या गरेको आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको छ । प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक बरुण सिंहले जानकारी दिनुभयो । हत्यामा संलग्न आसमान तामाङलाई प्रहरीले पक्राउ गरेको छ । घरमै सुतेका ५ वर्षीय विवेक तामाङको घाँटी थिचेर हत्या गरेको ताल्तीका शिक्षक तुलसी थापाले जानकारी दिनुभयो ।

Related News

प्रतिकृया दिनुहोस