News Detail

एलपी ग्यासको नेपालमा तत्काल भाउ नबढ्ने

आश्विन २२, २०७४

भारतीय आयल कर्पोरेसन (आईओसी) ले खाना पकाउने एलपी ग्यासको मूल्य बढाए पनि नेपालमा तत्काल भाउ नबढ्ने भएको छ । आईओसीले बढेको भाउमा ग्यास पठाए पनि छठ पर्वसम्म ग्यासको मूल्य नबढाउने निगमका निर्देशक सीताराम पोखरेललले जानकारी दिनुभयो । चाडपर्वमा उपभोक्तालाई सहुलियत आवश्यक परेको बेला ग्यासको भाउ बढाउनु उपयुक्त नभएकाले पुरानै भाउमा विक्री गर्ने उहाँले बताउनुभयो । अहिले एक सिलिण्डर खाना पकाउने ग्यासलाई १३ सय २५ रुपैयाँ पर्छ । असोजमा आएको मूल्य सूचि अनुसार निगमले खाना पकाउने ग्यासमा प्रति सिलिन्डर ८२ रुपैयाँ ३३ पैसा घाटा व्यहोर्दै आएको छ । आईओसीले नेपाल आयल निगमलाई १५÷१५ दिनमा घटबढ भएको मूल्य सूचि पठाउने गरेको छ ।

प्रतिकृया दिनुहोस