News Detail

चितवनमा ४१ हजार ३३ जना नयाँ मतदाता थपिए

आश्विन २२, २०७४

आगामी मंसीर २१ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि चितवनमा ४१ हजार ३३ जना नयाँ मतदाता थपिएका छन् । गत साउन १ गतेदेखि भदौ ३ गतेसम्म फोटोसहितको मतदाता नामावली नाम दर्ता गराएका ४३ हजार ६ सय ८ जना मध्ये २ हजार ५ सय ७५ जनाले यसपटक मतदान गर्न नपाउने भएका छन् । थपिएका मतदाता सहित जिल्लामा कुल मतदाता ३ लाख ५४ हजार ३५ पुगेको छ । स्थानीय तहको निर्वाचनमा चितवनमा ३ लाख १३ हजार २ मतदाता रहेका थिए । जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरि ढकालका अनुसार ३ निर्वाचन क्षेत्र रहेको चितवनमा सबैभन्दा बढी मतदाता क्षेत्र नः ३ मा रहेका छन् । यो क्षेत्रबाट माओवादीका अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन लड्ने घोषणा गरिसकेका छन् । भरतपुर महानगरपालिकाका १९ वडा र माडी नगरपालिका मिलेर क्षेत्र नः ३ बनेको छ । यस क्षेत्रमा १ लाख २५ हजार ८ सय १८ मतदाता पुगेका छन् । यस्तै क्षेत्र १ नम्बर क्षेत्रमा १ लाख १९ हजार ९ सय ९८ र क्षेत्र नः २ मा १ लाख ८ हजार २ सय १९ मतदाता छन् । मतदाताको अन्तिम नामवली आएपछि जिल्ला निर्वाचन कार्यालयले निर्वाचन केन्द्रित तयारी थालेको जनाएको छ । कार्यालयका प्रमुख ढकालले भने ‘मतदाता नामावली स्वीकृत गरि संख्या आइसक्यो, अब केहीदिनमा नामावली पनि आउँछ ।’ ढकालका अनुसार निर्वाचन क्षेत्र नम्बर १ मा फोटो सहितको मतदाता नामावली नाम दर्ता गराएका ४३ हजार ६ सय ८ जना मध्ये २ हजार ५ सय ७५ जनाले यसपटक मतदान गर्न नपाउने भएका छन् । थपिएका मतदातासहित जिल्लामा कुल मतदाता ३ लाख ५४ हजार ३५ पुगेको छ । स्थानीय तहको निर्वाचनमा चितवनमा ३ लाख १३ हजार २ मतदाता रहेका थिए ।  

Related News

प्रतिकृया दिनुहोस