News Detail

​माडी नगरपालिका ७ देवेन्द्रपुरमा न्यु जेनेरेशन युवा क्लव गठन

आश्विन २२, २०७४

माडी नगरपालिका ७ देवेन्द्रपुरमा राहुल विकको अध्यक्षतामा न्यु जेनेरेशन युवा क्लव गठन भएको छ । समाजमा बढ्दो विसङगती,कुसंस्कृतीलाई निर्मुल पार्ने उद्देश्यका साथ खोलिएको क्लबको उपाध्यक्षमा पदम अधिकारी, सचिवमा रुकमायां अधिकारी, सह सचिवमा सुदिप काफ्ले , कोषाध्यक्षमा कुल प्रसाद अधिकारीलाई चयन गरिएको छ । अहिले प्रारम्भिक चरणको भेला मात्रै भएकोले २८ सदस्सीय कमिटी गठन गरिएको अध्यक्ष विकले जानकारी दिनुभयो । संस्थाको सल्लाहाकारमा राजु अधिकारी , निलकण्ठ काफ्ले, कृष्ण ब. रानाभाट, किशोर रानाभाट, मान ब.शाही, अर्जुन शाहि, ओमप्रकाश पौडेल , रेवती पौडेल, मिना अधिकारी, चेत ब. शाहि तथा धर्म खनाल रहनुभएको छ । साथै यहि कात्तिक १ गते विस्तृत भेलाको आयोजना गरि साविकको समाजसुधार युवा क्लबको आर्थिक विवरण प्रस्तुत गर्ने क्लबले जनाएको छ ।

प्रतिकृया दिनुहोस