News Detail

​नेपाल स्वंयसेवी रक्तदाता समाज चितवनको अध्यक्षमा मनोज वर्णवाल चयन

आश्विन २३, २०७४

नेपाल स्वंयसेवी रक्तदाता समाज चितवनको पांचौ वार्षिक साधारणसभा तथा तेश्रो अधिवेशन आज भरतपुरमा सम्पन्न भएको छ । डा.केशवराज भुर्तेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी चितवनका उपाध्यक्ष बालकृष्ण सुवेदी तथा दुर्लभ रक्तदाता स्वंयसेवी समाजका अध्यक्ष बालानन्द भण्डारी विशिष्ट अतिथी रहनुभएको थियो । समाजका उपाध्यक्ष राजकुमार गुप्ताले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा सचिव विनिता लामिछानेले प्रगती प्रतिवेदन  प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा बालकृष्ण कंडेलले सहजीकरण गर्नुभएको थियो । साथै अधिवेशनले मनोज वर्णवालको अध्यक्षतामा नयां कार्यसमिती समेत चयन गरेको छ । जसको उपाध्यक्षमा विनिता लामिछाने, सचिवमा वासुदेव दवाडी तथा कोषाध्यक्षमा गोकर्ण पाठक चयन हुनुभएको छ । त्यसैगरि सदस्यहरुमा लेखनाथ सापकोटा, प्रजापति सापकोटा, गोविन्द सापकोटा, राजेश पौडेल, गंगा अधिकारी, विनोद पन्त र मनोज खनाल रहनुभएको छ । कार्यक्रममा बढ्दो रगतको अभाव कम गर्न तथा कुनै विरामीलाई रगत अभाव हुन नदिन विभिन्न खालका कार्यक्रम गर्ने निर्णय समेत गरिएको छ । बासुदेव दवाडीले संचालन गर्नुभएको कार्यक्रम समाजका अध्यक्ष ध्रुव थपलियाको अध्यक्षतामा सम्पन्न भएको थियो । 

Related News

प्रतिकृया दिनुहोस