News Detail

हिमाली बचत तथा ऋण सहकारी संस्थाको २५ औें स्थापना दिवस विविध कार्यक्रम साथ सम्पन्न ।।।

आश्विन २६, २०७४

हिमाली बचत तथा ऋण सहकारी संस्थाले सहकारीकर्मी महिलाहरुलाई आज बिहिबार सम्मान गरेको छ । सो संस्थाको आज सम्पन्न २५ औें स्थापना दिवसको अबसरमा सहकारीको संस्थागत विकासमा भूमिका खेलेको भन्दै उनीहरुलाई सम्मान गरिएको हो । सो संस्थाले ज्येष्ठ शेयर सदस्य बाबुराम श्रेष्ठ , बुद्ध लक्ष्मी श्रेष्ठ र हिमालयन आधारभुत विद्यालय भरतपुर ११ मा अध्ययनरनत गरिब तथा जेहेन्दार विद्यार्थी सन्दिप कुमाल लाई सम्मान गरिएको हो । चितवन जिल्ला बचत तथा ऋण सहकारी संस्था भरतपुरकी सचिव विद्या कोइरालाा प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाकी उपाध्यक्ष सिता दवाडीले स्वागत मन्तव्य राख्नुभएको थियो । संस्थाकी अध्यक्ष शारदा खनालकोे सभापतित्वमा सम्पन्न कार्यक्रम भवानी देवी अधिकारीले संचालन गर्नु भएको थियो । संस्थामा हाल ९ सय ८१ जना सदस्य रहेका छन् । स्थापनाकाल देखि नै संस्थाले विभिन्न सेवामुलक तथा आयमुलक कार्य गर्दै आएको छ । कार्यक्रममा सहकारीको संस्थागत विकासमा विशेष भूमिका खेलेको भन्दै संस्थाको सल्लाहकार संयोजक विद्या कोइराला साथै ३१ जना संस्थापक सदस्यहरुलाई समेत सम्मान गरिएको थियो । 

Related News

प्रतिकृया दिनुहोस