News Detail

चाउचाउ बनाउने मेसिनमा बेरिएर कपिलवस्तुमा एक मजदुरको मृत्यु

आश्विन ३०, २०७४

कपिलवस्तुको कपिलवस्तु नगरपालिका–६,गोबरीस्थित क्यापिटल फुड प्रालिको चाउचाउ बनाउने मेसिनमा बेरिएर एक जना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा थुमुवा गाउँका १७ बर्षे सुरेश भुज छन् । बत्ती गएको समयमा गएराति मेसिन सफाई गरिरहेका बेला एक्कासी मेसिन चलेपछि भुज बेरिएको प्रहरीले जनाएको छ । केही महिनाअघि मात्र सञ्चालनमा आएको चाउचाउ उत्पादन गर्ने सो उद्योगमा करिब १ सय २० जना कामदार छन् । घटनापछि उद्योगका म्यानेजर कृष्ण बुढाथोकी, सुरक्षा गार्डसहित सबै कर्मचारी फरार भएका छन । घटनाको थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक भोजजंग शाहले जानकारी दिए । 

Related News

प्रतिकृया दिनुहोस