News Detail

​रुपन्देहीमा १७ लाख रुपैयाँ ठगी गरेको आरोपमा एकजना पक्राउ

आश्विन ३०, २०७४

रुपन्देहीमा १७ लाख रुपैयाँ ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार गैडहवा गाउँपालिका–९ का २९ वर्षिय धनबहादुर सुनारलाई १७ लाख रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरिएको हो । सुनचाँदी व्यवसाय सञ्चालन गर्दै आएका गैडहवा गाउँपालिका–९ बस्ने ३० वर्षिय सुरज सुनारलाई सस्तोमा सुन मिलाइ दिन्छु भनेर धनबहादुरले १७ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । मैले चिनेको साथी छ, सस्तोमा सुन किनिदिन्छु भनेर जग्गा बेचेर जुटाएको १७ लाख रुपैयाँ धनबहादुरले लगेको र पछि पैसा माग्दा पैसा दिएको प्रमाण के छ भनेपछि प्रहरीकोमा उजुरी गरेको सुरजले बताउनुभयो । सुरजकै उजुरीका आधारमा प्रहरीले धनबहादुरलाई पक्राउ गरेको हो । पक्राउ परेका धनवहादुरको साथबाट ११ लाख ४० हजार रुपैयाँ बरामद गरेको छ ।

Related News

प्रतिकृया दिनुहोस