News Detail

मोरक्कोमा खाद्यान्न सामग्री वितरण भइरहेको ठाउँमा भागदौड मच्चिँदा १५ जनाको मृत्यु

मंसिर ४, २०७४

मोरक्कोमा राहतमा आएको खाद्यान्न सामग्री वितरण भइरहेको ठाउँमा भागदौड मच्चिँदा कम्तिमा १५ जनाको मृत्यु भएको छ । घटनामा ४० जना भन्दा बढी घाइते भएका छन् । एसुएरा प्रान्तको सिदी बोउलालम शहरमा घटना भएको हो । स्थानीय निजी सहयोगी संस्थाले राहत सामग्री बाँडिरहेका बेला भागदौड मच्चिएको हो । ज्यान गुमाउने तथा घाइते हुनेमा धेरैजसो महिला र बृद्धबृद्धा रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । भागदौड मच्चिनुको कारण भने खुलेको छैन ।

Related News

प्रतिकृया दिनुहोस