News Detail

वर्षको अन्तिम टेनिस प्रतियोगिता एटिपी फाइनल्सको उपाधि बुल्गेरियाका ग्रिगोर दिमित्रोभलाई

मंसिर ४, २०७४

 बुल्गेरियाका ग्रिगोर दिमित्रोभले वर्षको अन्तिम टेनिस प्रतियोगिता एटिपी फाइनल्सको उपाधि जितेका छन् । आइतबार राती भएको फाइनलमा बेल्जियमका डेभिड गोफिनलाई हराउँदै दिमित्रोभले उपाधि जितेका हुन् । गोफिन विरुद्धको खेल दिमित्रोभले ७-५, ४-६ र ६-३ को सेटमा जिते । योसँगै छैटौं वरियताका दिमित्रोभ एटिपी फाइनल्सको डेब्यु प्रतियोगितामै उपाधि जित्ने पछिल्लो १९ वर्षयताका पहिलो खेलाडी बनेका छन् । यसपटक शीर्ष खेलाडीहरु एण्डी मरे र नोभाक जोकोभिचले चोटका काराण प्रतियोगिता गुमाएका थिए भने राफाईल नदालले पनि शारिरिक समस्याका कारण बिचमै प्रतियोगिता छाड्नुपरेको थियो । अर्का उपाधि दावेदार रोजर फेडेरर सेमिफाइनलमै पराजित भएका थिए ।

Related News

प्रतिकृया दिनुहोस