News Detail

(एन्पिनोग) ले चितवनमा सूचना प्रविधि सम्मेलन गर्ने

मंसिर ४, २०७४

 इन्टरनेट सेवा प्रदायक एवं सूचना संचार प्रविधिको क्षेत्रमा कार्यरत व्यक्ति एवंम संस्थाहरुको समूह नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एन्पिनोग) ले चितवनमा सूचना प्रविधि सम्मेलन गर्ने भएको छ । एन्पिनोगले आउँदो मंसिर २३ देखी २५ गतेसम्म एनपिएनओजी–३ नामक तीन दिने सम्मेलन गर्न लागेको हो । कार्यक्रममा नेटवर्किङ एवंम सूचना तथा संचार प्रविधिको क्षेत्रमा लागेका व्यवसायिक साथै प्रविधिको अनुसन्धान एवंम शिक्षणमा संलग्न व्यक्तिहरुका बीच यस क्षेत्रमा विश्वमा भइरहेका उत्कृष्ट अभ्यासहरुको बारेमा छलफल एवंम अनुभव आदान–पदान गरिनेछ । कार्यक्रमबाट यस क्षेत्रमा लागेकाहररुले इन्टरनेट प्रविधिको बारेमा जानकारी पाउनुका साथै त्यस्ता प्रविधिमा देखापर्ने समस्या एवंम चुनौतीहररुको बारेमा समेत जानकारी हासिल गर्नेछन् । 

Related News

प्रतिकृया दिनुहोस