News Detail

इङ्गलिश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीद्धारा लगातार १३ औं जित दर्ता

मंसिर १८, २०७४

इङ्गलिश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले लगातार १३ औं जित दर्ता गराएको छ । गएराति आफ्नै मैदानमा खेलेको वेष्ट ह्याम युनाईटेडलाई २–१ ले हराउँदै म्यान्चेस्टर सिटीले १३ औं जित दर्ता गराएको हो । जितसँगै अंक तालिकाको शीर्ष स्थानमा रहेको म्यान सिटीले दोस्रो स्थानको म्यान्चेस्टर युनाईटेडसँग ८ अंकको अग्रता कायम राखेको छ । १५ खेलमा म्यान सिटीको ४३ अंक छ भने म्यान्चेस्टर युनाईटेडले समान खेलबाट ३५ अंक जोडेको छ । ३२ अंक जोडेको चेल्सी तेस्रो स्थानमा छ । इङ्गलिश प्रिमियर लिग फुटबलअन्तर्गत भएको अर्को खेलमा बर्नमाउथले साउथ ह्याम्पटनसँग १–१ गोलको बराबरी खेलेको छ । बर्नमाउथको मैदानमा भएको खेलमा घरेलु टोलीका रायन फ्रेजरले पहिलो गोल गरेका थिए भने साउथ ह्याम्पटनका चार्ली अस्टिनले बराबरी गोल फर्काएका थिए ।

Related News

प्रतिकृया दिनुहोस