News Detail

​चितवनको नारायणगढ-मुग्लिन सडक आज(मंगलबार)देखि रातमा बन्द हुने

पौष १८, २०७४

चितवनको नारायणगढ-मुग्लिन सडक आज(मंगलबार)देखि रातमा बन्द हुने भएको छ । सडक निर्माणलाई तिब्रता दिन आज राति १० बजेदेखि भोलि विहान ४ बजेसम्म सडकमा गाडी चलाउन नदिइने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिए । काठमाडौबाट छुट्ने बसहरु राती १० बजेभित्र मुग्लिन बजार पार गरिसक्न र पूर्व तथा पश्चिम तर्फबाट काठमाडौ पोखरा जाने बसहरु विहान ३ बजे रामनगर पार गरिसक्न प्रहरीले भनेको छ । काठमाडौबाट नारायणगढतर्फ जाने मालबाहक सवारी भने राति ९ बजे नै लेवाटर पार गरिसक्नुपर्ने र त्यसपछि आउने मालवाहक सवारी लेवाटार ईलाकामा एकलाईनमा विहान ४ बजे सम्म बस्नुपर्ने हुन्छ । त्यस्तै पूर्व वा पश्चिमबाट मुग्लिन तर्फ जाने मालबाहक सवारीहरु राती ९ बजे नै रामनगरको भतेरी जंगल ईलाका पार गरि सक्नुपर्ने र सो पछि आउने मालवाहक सवारी भतेरी जंगल ईलाकामा एकलाईनमा विहान ४ बजेसम्म बस्ने व्यस्था मिलाईएको प्रहरीले जनाएको छ । प्रहरीले रामनगर-भतेरी ईलाका, दासढुङ्गा ईलाका, मुग्लिन बजार ईलाका र लेवाटार ईलाकामा एक लाईनमा मात्र सवारी रोक्न आग्रह गरेको छ । पहाड काट्न काम बाँकी भएका १६ किलो, २२ किलो, २९ किलो र ३३ किलोमा आवश्यक प्रकाशकोसमेत व्यवस्था मिलाइएको छ । १६ किलोमा ३ सय मिटर, घुमाउनेमा २ सय मिटर र चेपाङडाँडामा ३ सय मिटर पहाड काट्न बाँकी छ । अरु स्थानमा भने पिच निर्माणलाई तिव्रता दिईएको छ । ३६ किलोमिटर नारायणगढ–मुग्लिन सडक निर्माणको काम हालसम्म ६७ प्रतिशत मात्रै सकिएको छ । ठेकेदारले समयमै काम नगर्दा सरकारले जरिवाना तिराएर म्याद थप्दै आईरहेको छ ।

प्रतिकृया दिनुहोस