News Detail

हिमाली बचत तथा ऋण सहकारी संस्थाको अनुशिक्षण सम्पन्न

पौष २२, २०७४

हिमाली बचत तथा ऋण सहकारी संस्थाले नयाँ ५० जना शेयर सदस्यहरुलाई आज शनिबार अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको छ  । कार्यक्रममा प्रशिक्षक दिपक सुवेदीले सहकारीको काम कतव्र्य र भुमिकाको विषयमा प्रशिक्षण गराउनुभएको थियो । नेफ्कुन संचालक भरत अधिकारीको  प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाकी उपाध्यक्ष सिता दवाडीले स्वागत मन्तव्य राख्नुभएको थियो । संस्थाकी अध्यक्ष शारदा खनालकोे सभापतित्वमा सम्पन्न कार्यक्रम भवानी देवी अधिकारीले संचालन गर्नु भएको थियो । कार्यक्रमा बोल्दै संस्थामा हाल १ हजार ७ जना सदस्य रहेका छन् । स्थापनाकाल देखि नै संस्थाले विभिन्न सेवामुलक तथा आयमुलक कार्य गर्दै आएको छ । 

प्रतिकृया दिनुहोस