News Detail

गणेशस्थान मन्दिरलाई रोटरीको आर्थिक सहयोग

माघ ९, २०७४

रोटरी क्लव नारायणगढले भरतपुर – ११ स्थित गणेशस्थान मन्दिरलाई नगद ३० हजार रुपैया सहयोग प्रदान गरेको छ । क्लवका अध्यक्ष शरद गोपाल न्याछ्योले मन्दिर संरक्षण संवद्र्धन समितिका अध्यक्ष दिनेशकुमार चुकेलाई मंगलवार एक औपचारिक कार्यक्रमका विच सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । मन्दिर परिसरमा रहेको पार्कलाई थप व्यवस्थित गर्न सहयोग गरिएको क्लवका अध्यक्ष न्याछ्योले बताउनुभयो । 
मन्दिर परिसरलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न समितिले अहिले अभियाननै चलाएको छ । रोटरी क्लवकै सहयोगमा बनेको पार्कलाई प्राप्त रकमले थप सजावट गरिने मन्दिर समितिका सचिव रेशमलाल सापकोटाले बताउनुभयो । परिसर अतिक्रमित हुन नदिन केही टहरा समेत हटाइएको सापकोटाले जानकारी दिनुभयो । समतिले मन्दिर परिसर स्वच्छ तुल्याउन सड्ने, गल्ने फोहोरहरुलाई जैविक मल बनाएर उपयोग गर्ने निर्णय समेत गरेको उहाँले जानकारी दिनुभयो ।  महानगरकै धार्मिक पर्यटकिय क्षेत्रका रुपमा गणेशस्थानलाई  विकास गर्नुपर्ने टोल सुधार समितिका अध्यक्ष राजनकुमार श्रेष्ठको धारणा छ । मन्दिरको संरक्षण र संवद्र्धनमा स्थानीय उत्साही भएर जुटेको श्रेष्ठले बताउनुभयो ।  

प्रतिकृया दिनुहोस