News Detail

हिमाली बचत तथा ऋण सहकारी संस्थाद्धारा बाल बचत कार्यक्रम अन्र्तगत बाल भेला तथा वनभोज कार्यक्रम सम्पन्न

माघ २०, २०७४

 हिमाली बचत तथा ऋण सहकारी संस्थाले आज (शनिबार) बाल बचत कार्यक्रम अन्र्तगत बाल भेला तथा वनभोज कार्यक्रम भरतपुरको जखिडी माईमा सम्पन्न गरेको छ । कार्यक्रममा बयानब्बे जना बाल सदस्यहरुको उपस्थिती रहेको थियो । संस्थाकी कानुनी सल्लाहकार फुलमाया रानाभाटको  प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाकी उपाध्यक्ष सिता दवाडीले बार्षिक कार्यक्रम अन्र्तगत नै बनभोज कार्यक्रमको आयोजना गरिएको बताउनु भयो  । संस्थाकी अध्यक्ष शारदा खनालले बाल बालिकाको मनोरञ्जनका लागी खेलकुदको कार्यक्रम समेत गरिएको बताउनु भयो । खेलकुद कार्यक्रम अन्र्तगत (छात्रा) तातो आलु तर्फ अदिती गिरी प्रथम, स्मृति आर्चाय द्धितिय, आरोही थापा तृतिय भएका छन् । यसैगरि छात्र तर्फ विप्लव श्रेष्ठ प्रथम, लोकराज गुरुङ द्धितिय, सक्षम कार्की तृतिय, भएका छन् । यस्तै घैटो फुटाई कार्यक्रम अन्र्तगत एनपिन पराजुली र सक्षम कार्की प्रथम भएका थिए । यसैगरि बेलुन फुटाई अन्र्तगत छात्र तर्पm साहिन पाण्डे प्रथम, प्रसर तिमील्सीना द्धितिय, र दिपेन्द्र मल्ल तृतिय भएका थियो । छात्रा तर्फ आरोही थापा प्रथम, एन्जिला पौडेल द्धितिय, र सारक्षी अधिकारी तृतिय भएका थिए । वनभोज कार्यक्रममा नाच प्रतियोगिता समेत गरिएको पिकनिक कार्यक्रम संयोजक रविकला पोखरेलले जानाकारी दिनुभयो । हाल संस्थामा १ हजार ३ सय जना सदस्य रहेका छन् । स्थापनाकाल देखि नै संस्थाले विभिन्न सेवामुलक तथा आयमुलक कार्य गर्दै आएको संस्थाकी कोषाध्यक्ष गिता अधिकारीले जानाकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस