News Detail

जनजीवन माविले स्वर्ण महोत्सव मनाउने

माघ २६, २०७४

माडी नगरपालीका ८ मा रहेको जनजीवन माविले स्वर्ण महोत्सव मनाउने भएको छ । कक्षा १२ सम्म पढाइहुदै आइरहेको जनजीवन माविले स्वर्ण महोत्सवका कार्यक्रम का बारेमा विद्यायल परिसरमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइको छ ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याम पौडेलले स्वर्ण महोत्सवको उद्घाटन शनिबार दिउसो गरिने जानकारी दिए ।विद्यालयको स्वर्ण महोत्सव उद्घाटन पूर्वप्रधानमन्त्री तथा प्रतिनिधिसभा सांसद पुष्पकमल दाहाल ले गर्ने भएका छन् । शुक्रबार नगरस्तरीय आधारभूत विद्यालय तह हाजिरीजवाफ प्रतियोगिता, माविस्तरीय निवन्ध लेखन प्रतियोगिता, शनिबार स्वर्ण महोत्सव उद्घाटन, सम्मान, सांस्कृतिक कार्यक्रम, सीपकला प्रर्दशनी लगायतका कार्यक्रम हुनेछन् । यस्तै आइतबार माडीस्तरीय लोकनृत्य प्रतियोगिता, सोमबार पूर्व विद्यार्थी शिक्षक पूर्नमिलन कार्यक्रम, अभिभावकबीच खेलकुद कार्यक्रम र फागुन १ गते स्वर्ण महोत्सव समापन कार्यक्रम गरिने उनले बताए । महोत्सव सम्पन्न गर्न करिव २० लाख खर्च हुने आर्थिक उपसमितिका संयोजक तिल पुरीले जानकारी दिए । विद्यालयमा हाल ७५० विद्यार्थी अध्ययनरत छन् । कक्षा ११ र १२ मा शिक्षा र व्यवस्थापन संकाय पढाइ हुदै आएको छ । विद्यालयले मावि तहमा प्राविधिक धारको कक्षा सञ्चालन गर्ने तयारी समेत गरेको छ । हाल कक्षा ५ सम्म अंग्रेजीमाध्यममा पढाई हुदै आइरहेको छ । “विद्यालयलाई नमूना विद्यालय बनाउन पूर्वप्रधानमन्त्रीको ध्यानाकर्षण समेत गराइनेछ”, उनले भने, “शैक्षिक गुणस्तर विकासका लागि हामी थप प्रतिवद्ध हुनेछौँ ।” स्वर्ण महोत्सव सफल पार्न स्थानीय अभिभावकसँगै घरदैलो अभियान चलाइएको विद्यालयका शिक्षक तथा महोत्सव प्रचारप्रसार समितिका संयोजक रामप्रसाद भण्डारीले जानकारी दिए । उनका अनुसार विद्यालय हितमा सहयोग पु¥याउने पूर्वशिक्षक, दाता, सहयोगीलाई सम्मान समेत गरिने छ । विद्यालयमा हाल पुस्तकालय भवन, स्वर्ण मञ्च, स्वर्ण गेट समेत बनाइएका छन् । माडी ७, ८ र ९ का विद्यार्थी यो विद्यालयमा पढ्न आउने गर्छन् । २०२२ सालमा वीरेन्द्र राप्राविका रुपमा स्थापना भएको विद्यालय २०२३ सालमा मिडिल स्कुलका रुपमा सञ्चालनमा आएको थियो । विगतमा झुपडीमा कक्षा सञ्चालन भएको विद्यालय स्थानीय समाजसेवी, अभिभावकको सक्रियतामा हाल व्यवस्थित भवनमा सञ्चालित छ । विद्यालयका प्रध्यानध्यापक शोभाखर गौतमले शिक्षक,विद्यार्थी,कर्मचारी पुर्व विद्यार्थी,पुर्व शिक्षक,अभिभावक तथा सम्पुर्ण स्थानियवासीलाई विद्यालयको स्वर्ण महोत्सव सफल बनाउन आग्रह गरे ।

प्रतिकृया दिनुहोस