News Detail

​शिशु हत्या गरेको आरोपमा आमासहित एक जना मेडिकल सञ्चालक पक्राउ

माघ २७, २०७४

अर्घाखाँचीको मालारानी गाउँपालिकामा शिशुलाइ जन्म दिई हत्या गरेको आरोपमा आमासहित एक जना मेडिकल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । मालारानी गाँउपालिकाको वडा नम्बर–५, हंसपुरको लोहोरीमा महिना पुगेको शिशुलाइ जन्म दिई हत्या गरेको भेटिएपछि घटनामा संलग्न २ जनालाइ प्रकाउ गरिएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रदीपकुमार डिसीले जानकारी दिनुभयो । घटनामा संलग्न भएको आशंकामा शिशुकी आमा प्युठान गौमुखी गाउँपालिका–५, कि ४१ वर्षीय बिष्णु खत्री (आचार्य) र सिराहा जिल्लाको सिसवानी घर भई हाल अर्घाखाँची मालारानी गाउँपालिकाको हंसपुरमा मेडिकल सञ्चालन गरी बस्ने ५६ वर्षीय लखन यादवलाइ पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ । घटनाको बारेमा थप अनुसन्धान भैरहेको र शिशुु कसको थियो भन्ने बारेमा शिशुकोे आमाले नबताएको प्रहरीले जनाएकाे छ ।

प्रतिकृया दिनुहोस