News Detail

हिमालय आधारभुत विद्यालयको ३५ औ बार्षिक उत्सब तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न

माघ २७, २०७४

भरतपुर महानगरपालिका वडा नं ११ र १२ को सिमाना जागृतीचोकमा रहेको  हिमालय आधारभुत विद्यालयले आफ्नो ३५ औ बार्षिक उत्सब तथा अभिभावक दिवस मनाएको छ । आज एक कार्यक्रमका बीच विद्यालयल ब्यबस्थापन समितिका संस्थापक अध्यक्ष झलकमान सिंह अधिकारीको प्रमुख आतिथ्यतामा बार्षिक उत्सव मनाएको हो । कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं ११ का  वडा अध्यक्ष बाबुराम अधिकारीले सामुदायीक विद्यालयहरुमा बिद्यार्थी संख्या घट्दै गएको भन्दै चिन्ता व्यक्त गर्दै स्तर उन्नति आफुले आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने बताउनु भयो । साथै वडा नं १२ का वडा अध्यक्ष नरेन्द्र कनदङवाले शैक्षिक गुणस्तरलाई विकास गर्नका लागी आफुले आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्क्त गर्नुभयो ।  अन्य विद्यालयको तुलनामा राम्रो संख्यामा बिद्यार्थी रहेको प्रधानाध्यापक नहेन्द्र खड्का बताउनुभयो । खड्काले आर्थिक बर्ष २०७३÷७४ को आर्थिक , भौतिक र शैक्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । विद्यालयको बार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा रेडियो त्रिवेणी १००.६ मेगाहर्जले प्रत्येक वर्ष ३ जना जेहेन्दार बिद्यार्थीलाई वर्ष भरि विद्यालयमा पठन पाठन गर्दा लाग्ने खर्च दिने गरि छात्रवृद्धि प्रदान गरेको छ । छात्रवृद्धि प्रदान गर्दै रेडियो त्रिवेणी १००.६ मेगाहर्जका स्टेशन म्यानेजर अर्जुन अधिकारीले बिद्यार्र्थीहरुको क्षमता अभिवृद्धि तथा प्रतिभामुखी गतिविधिलाई रेडियो त्रिवेणीले सँधै साथ दिने बताउनु भयो । कार्यक्रमका  प्रमुख अतिथि झलकमान सिंह अधिकारीकाले आगामी दिनमा पनि शैक्षिक गुणस्तरलाइ विकास गर्दै लैजादै यस क्षेत्रको नमुना विद्यालयका रुपमा उभ्याउनु पर्ने बताउनु भयो । कार्यक्रम बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष खड्कबहादुर के.सी.को अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस