News Detail

गायिका जलजला परियारलाई ह्याप्पी ग्रुप चितवनद्धारा नगद सहयोग

माघ २९, २०७४

दुबै मृगौलाले काम गर्न छोडेर हस्पिटलमा भर्ना भएकी नेपाली साँगीतिक आकासकी तारा गायिका जलजला परियारलाई ह्याप्पी ग्रुप चितवनले नगद सहयोग गरेको छ । ह्याप्पी ग्रुपका एडमिन सुवास लामा र लक्ष्मण ढकालले गु्रपको तर्फवाट १ लाख ६ हजार ५ सय १५ रुपैया गायिका परियारकी आमा र बुबालाई संयुत्त रुपमा सहयोग गरिएको हो । सहयोग रकम बुभ्दै गायिका परियारका बुबाले ह्याप्पी ग्रुपका सबैलाई धन्यवाद दिदै यो सहयोगले उपचारमा ठुलो साथ दिएको भन्दै आफुले यो सहयोग कहिलै नभुल्ने बताउनु भयो । सहयोग कार्यक्रकामा ह्याप्पी ग्रुपका फाउन्डर मेम्वरहरुको उपस्थिती रहेको थियो । ह्याप्पी ग्रुपले विभिन्न समाजिक कार्यहरु गर्दै आएको छ । 

प्रतिकृया दिनुहोस