News Detail

झापामा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किएर चालकको मृत्यु

फाल्गुण ७, २०७४

झापाको कालीझोडामा गएराती बिजुलीको पोलमा मोटरसाइकल ठोक्किदा चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार गएराति साढे ९ बजे मे३प ८०३५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किदा अर्जुनधारा नगरपालिका–१ घर भएका चालक २७ वर्षीय प्रवेश चौधरीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको उपचारको क्रममा वीएण्डसी अस्पताल विर्तामोडमा गएराति नै मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस