News Detail

चितवनमा धार्मिक पर्यटनको प्रचुर सम्भावना : स्थापित

फाल्गुण १३, २०७४

भरतपुर ११ को गणेशथानलाई धार्मिक पर्यटकीय स्थल बनाइने भएको छ । चितवन क्षेत्र नम्वर २ (ख) का प्रदेशसभा साँसद विजय सुवेदीको पहलमा सो क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्र निर्माण गर्न लागिएको हो । आज (आइतवार) सो क्षेत्रको प्रदेश नम्वर ३ का भौतिक योजना तथा पुर्वाधार मन्त्री केशव स्थापित,पण्डित दिनवन्दु पोखरेल, साँसद विजय सुवेदी ,पावर्ती सिलवाल लगाएतको टोलीले निरिक्षण संगै छलफल गरेको छ । गणेशथानलाई धार्मिक पर्यटकीय स्थल बनाउन आगामी बर्ष धनधान्याञ्चल महायज्ञ समेत संचालन गरिने भएको छ । सो क्षेत्रको अवलोकन पश्चात प्रदेश नम्वर ३ का भौतिक योजना तथा पुर्वधार मन्त्री केशव स्थापितले चितवनमा धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेको वताउनुभयो । उहाँले चितवनलाई स्वर्गजस्तो बनाउने योजना आफूसंग रहेको भन्दै अव कुरा भन्दा काममा जोड दिइने वताउनुभयो । उहाँले गणेशथानलाई चितवन आएपछि घुम्नै पर्ने ठाँउ बनाउनुपर्ने वताउनुभयो ।

प्रतिकृया दिनुहोस