News Detail

विश्वकप क्रिकेटको छनोट प्रतियोगिता खेल्न जिम्बावे पुगेको नेपालले दोस्रो अभ्यास खेलमा भोलि हङकङको सामना गर्ने

फाल्गुण १६, २०७४

विश्वकप क्रिकेटको छनोट प्रतियोगिता खेल्न जिम्बावे पुगेको नेपालले पहिलो अभ्यास खेलमा हिजो युएईलाई ५ विकेटले हराएको छ । १ सय ७२ रनको लक्ष्य पाएको नेपालले २८ ओभर २ बलमा ५ विकेट गुमाएर उक्त लक्ष्य पार गर्यो । नेपालका लागि शरद भेषावकरले अविजित ४१ रन जोड्दा विष्फोटक ब्याटिङ गरेका दिपेन्द्रसिंह ऐरीले पनि ४१ रनकै योगदान दिए । कप्तान पारस खडकाले २८ रन जोड्दा आरिफ शेखले २३ रन बनाए । यसअघि टस जितेर ब्याटिङमा उत्रिएको युएईले २९ ओभरमा घटाईएको खेलमा सबै विकेट गुमाउँदै १ सय ७१ रन बनाएको थियो । युएईका लागि अस्फाक अहम्मदले सर्वाधिक ४२ रन, अदनान मुफ्तीले ३७ रन तथा गुलाम साबेरले ३२ रन जोडेका थिए । बलिङतर्फ नेपालका ललित भण्डारीले चार विकेट लिंदा करण केसीले ३, ललित राजवंशीले २ र पारस खड्काले १ विकेट झारे । नेपालले दोस्रो अभ्यास खेलमा भोलि हङकङको सामना गर्नेछ । जिम्बावेमा २० गतेदेखि हुने विश्वकप छनोट प्रतियोगितामा नेपालसहित १० देश सहभागी छन । जसमा उत्कृष्ट हुने २ टिमले विश्वकप खेल्न पाउने छन् । छनौट प्रतियोगिताको समुह चरणमा नेपालले अफगानिस्तान, जिम्बाबे, हङकङ र स्कटल्याण्डसँग खेल्नेछ ।

Related News

प्रतिकृया दिनुहोस