News Detail

देउरालीको अन्र्तकृया सम्पन्न

फाल्गुण २६, २०७४

नारायणगढ । २६ । सामाजिक, आर्थिक रुपान्तरणका लागी सहकारीहरुले महत्वपुर्ण योगदान दिएको भन्दै सहकारीकै माध्यमबाट व्यक्तीको जिवन परिवर्तन सम्भव रहेको बताएका छन् । देउराली वतत तथा ऋण सहकारी संस्था लिमिटेडले महोत्तरी जिल्लाको बर्दिबासमा रहेको श्री महिला केन्द्र बहु उद्देय सहकारी संचरना शेयर सदस्यहरुलाई गरेको स्वागत तथा अन्र्तकृयामा सहभागीले सो कुरा बताएका हुन् । सहकारी अवलोकन भ्रमणका अवसरमा देउराली बचतले गरेको सो कार्यक्रममा बढ्दो सस्थाहरुका विचमा कम आय भएकाहरुका लागी कम व्याजदरमा, सहज , सुलभ तरिकाले सेवा प्राप्त गर्ने अवसर पाएको बताएका छन् । राजयले अस्पस्ट नितीलाई बेला बखतमा हुने परिवर्तनले सहकारीमा एक रुपता हुन जरुरी रहेको समेत बताएका छन् । संस्थाका अध्यक्ष गुमान सिंह खड्काको अध्यक्षतामा आयोजित कार्यक्रमा श्री महिला केन्द्रकी अध्यक्ष शारदा दाहाल सल्लाहकार पा्रध्यापक सुदिप वाग्ले, मानव अधिकारकर्मी भोला श्रेष्ठ, मनोज अधिकारी संस्थाका उपाध्यक्ष अर्जुन अधिकारी, सचिव महादेव पौडेल लगाएतले बोल्नु भएको थियो ।   

प्रतिकृया दिनुहोस