News Detail

रुस विश्वकपमा अर्जेन्टिनाले उपाधि नजिते अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने स्टार स्ट्राइकर लिओनल मेस्सीको घोषाणा

चैत्र ७, २०७४

स्टार स्ट्राइकर लिओनल मेस्सीले रुस विश्वकपमा अर्जेन्टिनाले उपाधि नजिते अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने बताएका छन् । विश्वकप खेल्ने अर्जेन्टिनी टोलीमा गोन्जालो हिगुइन, सर्जिओ एग्युरा, डिबालासँगै मेस्सी रहेको टिम अनुमान गरिएको छ । बार्सिलोनाका स्ट्राइकर मेस्सीले अझैसम्म विश्वकप जित्न सकेका छैनन्, त्यसैले उनको आलोचना पनि हुने गर्छ । २०१६ मा कोपा अमेरिकाको फाइनलमा चिलीसँग हारेपछि ३० वर्षीय मेस्सीले सन्यास पनि लिएका थिए । तर, फेरि टिममा फर्किएका छन् । मेस्सीले अर्जेन्टिनी टीभीसँग भनेका छन्, ‘हामीलाई लाग्छ, यदि रुसमा विश्वकप जितेनौं भने राष्ट्रिय टोली छाड्नुपर्छ ।’ उनले अघि भने, ‘मेरो सपना छ रुसमा उपाधि जित्ने । मेरो चाहना छ कि ब्राजिलमा जस्तै खेल्ने ।’ अर्जेन्टिनाले १९८६ पछि विश्वकपको उपाधि जितेको छैन । यो पटक रुसमा विश्वकप हुँदै गर्दा मेस्सीसहितको अर्जेन्टिनी टोलीलाई उपाधिको दावेदारका रुपमा हेरिएको छ ।

Related News

प्रतिकृया दिनुहोस