News Detail

न्यायपालिकाभित्रका पछिल्ला घटना गम्भीर प्रकृतिका रहेको राष्ट्रपति भण्डारीको भनाई

चैत्र ९, २०७४

राष्ट्रपति विद्यादेवी भण्डारीले ऐतिहासिक राजनीतिक उपलब्धिलाई थप सुदृढीकरण गरेर राजनीतिक स्थायित्वसहित आर्थिक समृद्धि हासिल गर्ने राष्ट्रिय लक्ष्यमा सबै नेपाली एकजुट हुनुपर्ने बताएकी छन् । नेपाल बार एसोसिएसनले शुक्रबार नेपालगन्जमा आयोजना गरेको १४औं अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले ‘मुलुकको लोकतान्त्रीकरण प्रक्रियामा एसोसिएसनले खेलेको भूमिका प्रशंसनीय छ’–भनिन् । ‘समकालीन विश्व राजनीतिक परिवेशमा संविधान निर्माणको ऐतिहासिक उपलब्धिलाई जोगाइराख्न संविधानको कार्यान्वयन, नागरिकको न्यायमा पहुँच र राजनीतिक स्थायित्वका लागि कानुन व्यवसायीले अझ महत्वपूर्ण भूमिका खेल्नुपर्छ’–उनको भनाइ थियो । राष्ट्रपति भण्डारीले पछिल्लो समय न्याय क्षेत्रमा घटेका घटना गम्भीर प्रकृतिका छन् भन्दै यस विषयमा सम्मेलनको ध्यान आकृष्ट हुनुपर्ने र न्यायपालिकाको परम्परागत छविलाई अझ सुदृढ पार्न कानुन व्यवसायीको भूमिका महत्वपूर्ण हुने विश्वास पनि व्यक्त गरिन् । आइतबारसम्म सन्चालन हुने सम्मेलनमा १० ओटा विषय प्रस्तुत् हुने र त्यसमाथि समूहगत छलफल गरी नेपालगन्ज घोषणापत्र जारी गर्ने बताइएको छ । सम्मेलनमा मुलुकभरिका करिब ३०० हजार कानुन व्यवसायीको सहभागिता रहेको छ ।

प्रतिकृया दिनुहोस